परियोजना प्रभावित सोलुखुम्बु जिल्लाबासीहरुको लागि छुट्याइएको शेयरको बाँडफाँड सम्बन्धी सूचना

यस कम्पनीद्वारा परियोजना प्रभावित सोलुखुम्बु जिल्लाबासीहरुको लागि छुट्याइएको शेयर ३५,००,००० थान मिति २०७८।४।२९ देखि २०७८।५।११ सम्म विक्री खुला गरिएकोमा उक्त शेयर मिति २०७८।०५।२८ गते बाँडफाँड गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ । साथै बाँडफाँडको नतिजा स्थानिय संकलन केन्द्रबाट फारम भरि शेयर दरखास्त दिने आवेदकको हकमा अर्धकट्टीमा रहेको आवेदन नं. तथा सि- आस्वा मार्फत शेयर दरखास्त दिने आवेदकको हकमा डिम्याट नं. राखी NIBL Ace Capital को website तथा साहस उर्जा लि.को website बाट समेत हेर्न सकिने व्यवस्था रहेको यहाँहरु सबैलाई जानकारी गराउन चाहन्छौं ।