सूचना
यस कम्पनीले सर्वसाधारणहरुको लागि छुट्याएको प्रति शेयर रु.१००।– दरको साधारण शेयर १,०५,००,००० थान मध्ये परियोजना प्रभावित सोलुखुम्बु जिल्लाबासीहरुको लागि छुट्याइएको शेयर ३५,००,००० थान मिति २०७८।४।२९ देखि २०७८।५।११ सम्म विक्री खुला गरिएको व्यहोरा परियोजना प्रभावित सोलुखुम्बु जिल्ला वासीहरुको जानकारीको लागि अनुरोध छ । शेयर विक्री खुला गरीएको विस्तृत विवरण सहितको आब्हन पत्र मिति २०७८।४।२१ को नयाँ पत्रिका राष्ट्रिय दैनिकमा प्रकाशित गरीएको व्यहोरा समेत जानकारी गराइन्छ । साथै सम्पूर्ण सोलुखुम्बु जिल्ला वासीहरुलाई आफुलाई पायक पर्ने निम्न बैंकहरुको शाखा कार्यालयहरुमा शेयर आवेदन दिनुहुन आब्हान गरिन्छ ।
क्र.सं. बैक तथा शाखाको नाम
१ ग्लोबल आइएमई बैंक, सल्लेरी शाखा, सोलुखुम्बु
२ नेपाल इन्भेष्टमेण्ट बैंक, लुक्ला शाखा, सोलुखुम्बु
३ लक्ष्मी बैंक, मुग्ली र नेले शाखा, सोलुखुम्बु
४ माछापुच्छे« बैंक, सल्लेरी शाखा, सोलुखुम्बु
५ प्राइम कमर्शियल बैंक, रमिते शाखा, सोलुखुम्बु
६ राष्ट्रिय बाणिज्य बैंक, नेचा विहिवारे शाखा, सोलुखुम्बु